काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेङगाम्प फ्रान्सेली महिला लिगमा बलियो टोली पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग पराजित भएको छ ।

घरेलु मैदानमा शुक्रवार ग्वेङगाम्पले पिएसजीलाई ६–२ को नतिजा सुम्पेको थियो।‌ स्टार खेलाडीले भरिएको पिएसजीविरुद्ध ग्वेङगाम्पका लागि दुवै गोल साम्बाले गरिन् । उनले २२ औं‌ र मिनेटमा ८८ औं गोल गरेकी हुन् ।

२२ औं मिनेटमा पहिलो गोल गरको पिएसजीले छैटौं तथा अन्तिम गोल ९० औं मिनेटमा गर्दै सहज जित निकालेको थियो।

यो सिजन ग्वेङगाम्पको खराब प्रदर्शनको सिलसिला रोकिएको छैन । १८ खेलमा टोलीले १७ खेल‌ हारेको छ । एक मात्र खेल जितेको टोली तालिकाको पुछारमा छ । पिएसजी ४२ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको लियोनको ४९ अंक छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय