काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ५४.६२ अंक घटेर २६१४.६८ विन्दुमा रोकिएको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार साढे ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज ३१७ स्टकको ७२ हजार २६५ पटकको कारोबारमा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँबराबरको १ करोड २३ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कुल १३ कम्पनीको मूल्य बढ्दा २३० को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४६, माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, अन्य १.७४ र व्यापार २.८५ प्रतिशत घटेको छ । आज आईसीएफसीडी ८८ को ३.८९, कुथेली बुखरी स्मल हाइड्रोको २.८, एनआईसीएडी ८२८३ को २ तथा एसबीडीबी ८७ को २ प्रतिशत मूल्य बढेको छ ।

त्यस्तै, मिथिला लघुवित्तको मूल्य १० प्रतिशत घटेको छ भने, सयपत्री हाइड्रोपावरको ७.३४, उपकार लघुवित्तको ६.८७, अपरसोलु हाइड्रोको ६.८३, भूगोल इनर्जीको ६.८३ प्रतिशत मूल्य घटेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर तथा सिन्धु विकास बैंक क्रमशः अगाडि रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय