काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह आइतबार (चैत २४) सम्म बिदा लिएको खुलेको छ । बालेन दोलखाको भीमसेन गएको उनको सचिवालय स्रोतले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भने विभागीय प्रमुखहरूसँग बैठकमा छन् । बिहीबार गुरागाईंले बालेनको असहमतिका बीच महानगर पुगेर हाजिर गरेका थिए ।

बिहीबार नगरप्रहरी र कर्मचारीबीच घम्साघम्सी हुँदा बालेन काभ्रेको पाँचखालमा थिए । आज भने उनी दोलखा पुगेको खुलेको हो ।

काठमाडौं टावरको प्रक्रिया नपु¥याएर नक्सा पास गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं मेयर शाहको निलम्बनमा परेका थिए । निलम्बनमा परेको तीन महिना १४ दिनपछि बिहीबार (चैत २१ गते) महानगरमा हाजिर गर्न पुगेका थिए ।

तर, उनलाई राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीले कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो । नगरप्रहरीको बल प्रयोगका बाबजुद गुरागाईं महानगरका कर्मचारी र जनतप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय