काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गत सिरानचोक–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा यही आउँदो चैत ३० गते शनिबारका दिन बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।
यस कार्यक्रम काठमाडौं महानगरपालिका–१६, माछापोखरीस्थित बुद्ध मलमा बिहान ९ : ३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा नेकपा माओबादी केन्द्रका बरिस्ठ उपाध्यक्ष, पूर्व उप-प्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथीका रुपमा आउने कुरा गोरखा – काठमाडौँ सम्पर्क समितिका कोषाध्यक्ष कपिल भट्टले बताउनु भयो। उहाँको उपस्थितिले कार्यक्रममा थप उर्जा र हौशला मिल्ने भट्टले बताउनुभयो।
समाजमा सहयोग, मानवता र एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिन लागेको यो कार्यक्रममा धेरै युवाहरूको सहभागिता अपेक्षा गरिएको छ। कार्यक्रममार्फत रक्त अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीहरूलाई राहत पुग्ने विश्वास गरिएको छ।






