काठमाडौं । सोमबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। पछिल्ला केही देखिदेखि निरन्तरजसो घट्न थालेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ७०० रुपैयाँ घटेर १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबार यस्तो सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ। आइतबार तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय