काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताएका छन् ।
शुक्रवार नेकपा (एमाले) ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै ओलीले शिक्षकहरु भावनामा बगेको उल्लेख गर्दै यसले समाधान नदिने बताएका हुन् । आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्वपूर्ण रहेको ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले रोकिएको शिक्षा ऐनलाई उपयुक्त ढंगबाट ल्याइने भन्दै सरकार शिक्षकका समस्या समाधान गर्न चाहिरहेकोले शिक्षकहरुले समेत आफ्नो बाध्यता बुझिदिनुपर्ने बताए ।
प्रदर्शनरत शिक्षकबारे प्रधानमन्त्रीः ‘आफ्नो मात्र हित हेरेर समस्या समाधान हुँदैन, भावनामा नबग्नुस् ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताएका छन् ।
शुक्रवार नेकपा ९एमाले० ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै ओलीले शिक्षकहरु भावनामा बगेको उल्लेख गर्दै यसले समाधान नदिने बताएका हुन् । आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्वपूर्ण रहेको ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले रोकिएको शिक्षा ऐनलाई उपयुक्त ढंगबाट ल्याइने भन्दै सरकार शिक्षकका समस्या समाधान गर्न चाहिरहेकोले शिक्षकहरुले समेत आफ्नो बाध्यता बुझिदिनुपर्ने बताए ।
मुलुकमा विद्यमान समस्याको समाधान गर्नकै लागि वर्तमान सरकार गठन भएको ओलीको दाबी छ । प्रधानमन्त्री ओलीले एक जना कर्मचारी निकाल्दा राजनीतिक दलहरुले रुवाबासी गरेको टिप्पणी गरे ।
मुलुकमा विद्यमान समस्याको समाधान गर्नकै लागि वर्तमान सरकार गठन भएको ओलीको दाबी छ । प्रधानमन्त्री ओलीले एक जना कर्मचारी निकाल्दा राजनीतिक दलहरुले रुवाबासी गरेको टिप्पणी गरे ।