काठमाडौं । काठमाडौंको बौद्धमा बुधबार साँझ सामाजिक अभियन्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ । टाउकोमा चोट लागेकी वाइबा हाल स्तुपा अस्पतालमा उपचाररत छिन्।

वाइबा सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्तिका कारण चर्चित रही आएकी छन्। उनी प्रायः अरूको पारिवारिक मामिलामा समेत हस्तक्षेप गर्ने व्यवहारका लागि चिनिन्छिन् ।

यसअघि पुण्य गौतममाथि पनि यस्तै आक्रमण भएको थियो । वाइबा र गौतम दुवै युट्युब तथा सामाजिक सञ्जालमा भाइरल नाम हुन्। आक्रमण गर्ने व्यक्ति वा समूह को हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय