काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते गणतन्त्र स्थापना दिवसको अवसरमा आयोजना हुने युवा महोत्सवमा सहभागी हुन अपिल गरेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई बिहीबार सम्बोधन गर्दै उनले राजतन्त्र फालेर जनताको अधिकार स्थापित गरेको दिनलाई महोत्सवका रूपमा मनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिका लागि नेकपा एमाले प्रतिबद्ध रहेको र नीतिगत रुपमा स्पष्ट दिशामा अघि बढिरहेको दाबी गरे । उनले विविधतायुक्त समाजमा सामाजिक सद्भावसहित राष्ट्रिय एकता आवश्यक रहेको र एमालेले त्यसको अगुवाइ गरिरहेको उल्लेख गरे ।

साथै, संक्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वकालका जघन्य अपराधमा माफी नहुने स्पष्ट पार्दै पीडितलाई न्याय दिलाउन आयोगहरू प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय