काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सरकारले नागरिक अधिकारमा संकुचन ल्याएको आरोप लगाउँदै त्यसको विरोधमा निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनले यस प्रदर्शनलाई सभाभन्दा प्रदर्शनको रूपमा अघि बढाउने र आगामी कार्यक्रमको घोषणा विशेष समितिको बैठकबाट गर्ने बताए । राप्रपाले सरकारलाई वैशाख २० गतेभित्र आफ्ना नेताहरूलाई निःशर्त रिहा नगरे अन्दोलन तीव्र पार्ने चेतावनी पनि दिएको छ ।






