काठमाडौं । महोत्तरीको गौशाला सम्सी सडकको नाम गोरेबहादुर खपांगी मार्ग’ राख्ने निर्णयको स्थानीयले विरोध जनाएका छन । गौशाला नगरपालिकाले हुलाकी सडक अन्र्तगतको सडकलाई हिउँदे अधिवेशनबाट गोरेबहादुर खपांगी मार्ग राखेपछि स्थानीय विरोधमा उत्रीएका हुन् ।

गौशाला बजारमा युवाहरुले सांकेतिक रुपमा विरोध गर्दै नगरपालिकाले गरेको निर्णय बदर नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन । सडक नामाकरणको विरोधमा उत्रिएका उनीहरुले स्थानीय सरकारले गौशाला बजार र नगरपालिकाको पहिचान मेटाउन लागेको आरोप लगाएका छन । गौशाला रोडले परिचित सडकको नयाँ नाम राखेर स्थानीय सरकारले समाजिक सदभाव बिगार्न खोजेको भन्दै तत्काल निर्णय बदर गर्न स्थानीयको माग छ ।

नयाँ सडक बनाएर नामकरण गर्न नसक्ने स्थानीय सरकारले संघीय सरकारले बनाएको सडकको नामकारण गरी विवाद मात्रै गर्न खोजेको स्थानीयको भनाइ छ । गौशाला नगरपालिकाको चैत्र ३१ गते सम्पन्न १३ औं हिउँदे अधिवेशनबाट पूर्वपश्चिम राजमार्गको माइस्थानदेखि गौशाला हुँदै नेपाल–भारत सिमाना सम्सीसम्मको २६.५ किलोमिटर सडक खण्डको नाम गोरेबहादुर खपांगी मार्ग राख्ने निर्णय गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय