काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् ।
ठुलो बलिदानी पूर्ण सङ्घर्षबाट अहिलेको संविधान प्राप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक ठाउँबाट तयार हुनुपर्ने बताए । संविधान विरोधी गतिविधिका माध्यमबाट हत्या हिंसालाई प्रश्रय दिने र संविधान फाल्छु भन्ने अराजक गतिविधि गरिए कारबाही गरिने चेतावनी दिए ।






