काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले अब समस्या मात्रै देखाउने नभई समाधान दिनेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारी क्षेत्र सुधार्न कांग्रेसले ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरेको जानकारी दिए ।

’अब गनगन गर्ने र रुवाबासी गर्ने समय होइन,’ थापाले भने, ’समस्यामा कांग्रेस उपस्थित भएर समाधान दिन सक्ने पार्टी बन्नुपर्छ।’ उनले वैदेशिक रोजगारीलाई तिरस्कार वा गालीको विषय नबनाई, ज्ञान उत्पादन गर्ने क्षेत्रमा रूपान्तरण गर्नुपर्ने बताए ।

थापाले पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर अभियान सञ्चालन भइरहेको र निजी क्षेत्र तथा शैक्षिक संस्थाहरूसँग सहकार्य भइरहेको जानकारी पनि दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय