काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले वर्तमान सरकार विचौलियाको चङ्गुलमा परेको आरोप लगाएका छन् ।

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको सभामा उनले सत्ता साझेदार दलका नेतासमेत असन्तुष्ट रहेको र सरकारले आफ्नो बोझ सम्हाल्न नसकेको बताए ।

प्रचण्डले विकास निर्माणमा विचौलियाको हस्तक्षेपले अवरोध सिर्जना गरेको र सरकारले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाए । कुलमान घिसिङजस्ता योग्य व्यक्तिहरू हटाइ भ्रष्टाचारीहरूलाई नियुक्त गरिएको भन्दै उनले सरकारको आलोचना गरे ।

हुलाकी जागरण अभियानले माओवादी केन्द्रभित्र नयाँ ऊर्जा थपेको दाबी गर्दै प्रचण्डले हुलाकी मार्ग आर्थिक समृद्धिसँग जोडिएको बताए । उनले भूमाफियाद्वारा राज्य सम्पत्तिको लुटतन्त्र बढेको र किसानलाई प्राथमिकतामा नराखी देश समृद्ध हुन नसक्ने चेतावनी पनि दिए ।

भारतसँग सम्बन्ध सुधार तथा बन्द नाका खोल्ने सम्झौता गरेको जानकारी दिँदै प्रचण्डले देशमा स्थायित्व र समृद्धिका लागि राजनीतिक शुद्धता र इमानदारी अपरिहार्य रहेको उल्लेख गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय