काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले शिक्षक आन्दोलनको आलोचना गरेकि छिन् ।

ऐन सडकबाट पास हुने हो ? भन्दै उनले सामाजिक सञ्जालमार्फत शिक्षकहरूको रमिता धेरै भएको टिप्पणी गरेकी छिन् । शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनु प¥यो भनेर धेरै कोणबाट कुरा पुराउने, संवाद गर्ने प्रयास गरेको तर शिक्षकहरु संवाद नै नगर्ने अडानमा रहेको झाँक्रीको भनाइ छ ।

शिक्षा ऐन अहिल्यै पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कँदैनौँ भनिरहेको अवस्थामा ऐन सडकबाट पास हुने हो र ? उहाँको प्रश्न छ । विद्यालय शिक्षा विधेयकको माग राख्दै शिक्षकहरुले गएको चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । आन्दोलनको आज १८ औं दिन भइसकेको छ ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओली र सभामुखसँग शिक्षक महासङ्घका प्रतिनिधिको बेग्लाबेग्लै छलफलसमेत भएको थियो । आन्दोलन र वार्तासँगै अघि बढाउने शिक्षक महासङ्घले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय