काठमाडौं । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छिन् । गएराति भएको चुनावमा निकटतम प्रतिस्पर्धी पवित्रा सुनारलाई हराएर पन्थी अध्यक्षमा निर्वाचित भएकी हुन् । पन्थीले एक सय ४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सुनारले ८७ मत प्राप्त गरिन् ।
त्यस्तै उपाध्यक्षमा एक सय २८ मत प्राप्त गर्दै बसन्ती बास्तोला निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धा लोग्शरी कुँवरले एक सय मत प्राप्त गरिन् । सञ्चारिका समूहको महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित भएकी छिन् ।
त्यस्तै सचिवमा उर्वसी बस्न्यात एक सय ७ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी नुनुता राई ४ मतले पराजित भइन् । राईले एक सय ३ मत प्राप्त गरिन् ।
त्यस्तै कोषाध्यक्षमा साजना तामाङ एक सय २० मत प्राप्त गरेर निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी मञ्जिमा ढकालले एक सय ५ मत प्राप्त गरिन् ।
सञ्चारिका समूहको ८ जना सदस्यहरुमा अजवी पौड्याल, कल्पना शर्मा, कालिका शिवाकोटी, तारा चापागाई, दीपा रेग्मी, देवी सापकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित भएका छन् ।






