काठमाडौं । ५२ संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि आज पनि सुनुवाइ नसकी हेर्दाहेर्दैमा परेको छ । अब यो रिटमाथि भोलि मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

आज सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित सरकारी वकिलहरूले बहस गरेका थिए । भोलि पनि सरकारी वकिलको बहस जारी रहनेछ, त्यसपछि संवैधानिक निकाय र निवेदकका कानुन व्यवसायीले क्रमशः बहस गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर ३० गते संवैधानिक निकायमा सिफारिस गरेका पदाधिकारी नियुक्तिको प्रक्रियालाई लिएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालसहितले १५ वटा रिट दायर गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय