काठमाडौं । सल्यानको शारदा नदीमा माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बिष्ट रहेका प्रहरीले जनाएको छ ।
गाउँकै साथीहरूसँग राति माछा मार्न गएका बिष्टको करेन्ट लागेर या ढुङ्गामा चिप्लिएर के कसरी ज्यान गएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सन्तोषसहित पाँच जना माछा मार्न गएका थिए ।






