११ वैशाख, काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार मारिएका सुदीपको आज रुपन्देहीको बुटवस्थित घर ल्याएर अन्त्येष्टि गरिएको हो ।
सुदीपलाई काका कपिलदेव न्यौपाने (कृष्ण)ले दागबत्ती दिएका छन् । बुबा ध्रुव र आमाबीच सम्बन्ध बिच्छेद भएकाले बुबाको साटो काकाले सुदीपलाई दागबत्ती दिएको छिमेकी थानेश्वर पौडेलले जाकारी दिए ।
बुटवल–११ कालिकानगरको मनकामना पथ घर भएका सुदीपको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्गबाट ल्याइएको थियो । त्यहाँबाट एम्बुलेन्समार्फत् नेपाल–भारतको सीमा सुनौली हुँदै बुटवलसम्म ल्याइएको थियो ।
निवासमा केहीबेर राखेपछि अन्त्येष्टिका लागि त्रिवेणी घाट पु¥याइएको थियो ।






