काठमाडौं । ललितपुरको बडीखेलस्थित रिह्याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएका ४८ वर्षीय दावा घिसिङको मृत्यु भएको हो ।

विश्वास नेपाल रिह्याब सेन्टरमा राखिएका घिसिङलाई गएराति स्वास्थ्यमा समस्या भएपछि बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पताल लगिएको थियो । अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।

चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले जानकारी दिए । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ घर भएका घिसिङका आफन्तले बाँडेगाउँ स्थित नमस्ते मेट्रो अस्पताल अगाडि प्रदर्शन गरेका छन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

घिसिङ काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ नाम्गेल बस्दै आएका थिए । घटनाबारे प्रहरी प्रभाग बाँडेगाउँले अनुसन्धान गरिरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय