काठमाडौं । सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भईरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय