काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए÷गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्ने भएको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकपछि श्वेतपत्र सार्वजनिक गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । श्वेतपत्रका विषयमा अहिले प्राधिकरण सञ्चालक समितिको बैठक बस्न लागेको छ । बैठकको लागि सञ्चालक समिति अध्यक्ष ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री प्राधिकरण पुगेका छन् ।

बैठकले श्वेतपत्र पारित गरेसँगै आज नै सार्वजनिक गर्ने तयारी प्राधिकरणले गरेको छ । प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भएका काम र प्राधिकरणको आर्थिक अवस्थाको विषयलाई समावेश गरी श्वेतपत्र प्राधिकरणले बनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय