काठमाडौं । नेकपा एमालेले आगामी बजेटमा उत्पादन र उत्पादकत्वमा केन्द्रित गर्ने गरी ल्याउन सरकारलाई सुझाव दिएको छ ।

आईतबार बसेको एमाले सचिवालय बैठकमा नेताहरूले बजेट उत्पादन र उत्पादकत्वमा केन्द्रित गर्न नेतृत्वलाई सुझाव दिएका हुन् । बैठकले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२ र८३ को नीति तथा कार्यक्रम चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको निष्कर्ष पनि निकालेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले राष्ट्रिय राजनीतिलाई खलबल्याउने प्रयासहरू कमजोर हुँदै गएको निष्कर्ष पनि निकालेको छ । एमालेले आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त शक्ति निर्माण गर्न सम्पूर्ण ऊर्जा खर्चिने निर्णय गरेको छ । बैठकले दलहरूभित्र हुने विभिन्न समस्याहरू राष्ट्रिय राजनीतिमा नल्याएर त्यहीँ भित्रबाट समाधान हुनुपर्ने निष्कर्ष पनि निकालेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय