काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीमा आएको बाढीले बस बगाएको छ । सोमबार राति नै फसेको गाडी मंगलबार बिहान आएको बाढीले बगाएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार को १ ख ४७५३ नम्बरको सो बस सोमबार सप्तरीमा जन्ती पुर्याएर उदयपुर फर्किने क्रममा फसेको थियो । रातिको समय भएका कारण बस निकाल्न सकिएको थिएन तर सोमबार रातिदेखि परेको पानीका कारण त्रियुगामा बाढी आएसँग बस बगाएको हो ।
सो नदीमा बनाइएको पुल बनिनसक्दै भत्किएका कारण डाइभर्सन बनाएर सवारी आवागमन गराइएको थियो । प्रहरीका अनुसार रातिको समयमा ह्युमपाइपको मुनिको भाग पानीले खोलिसकेको थाहा नहुँदा गाडी नदीमा डुबेको हो । जुन बस उद्धार गर्न नपाउँदै बगाएको हो ।
बाढीले बस बगाएपनि त्यहाँ कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ । गाडी फस्दा बसमा चालक र सहचालकमात्रै भएको र उनीहरुको उद्धार भएकाले कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।






