काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजावादीहरुको एकतालाई कसैलै तोड्न नसक्ने बताउँदै आफूहरूले आगामी जेठ १५ गते काठमाडौंमा लाखौं मान्छे उपस्थित गराएर प्रदर्शन गर्ने जानकारी दिएका छन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन । कमजोर बनाउन सक्दैन । एकताबद्ध भएर हामी जाँदैछौं।”
गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या गर्दै भने, “स्वतःस्फुर्त रुपमा जिल्ला, पालिका, वडा र टोल टोलमा पनि राजसंस्था पुनस्थापना समिति गठन गर्न र जनतालाई परिचालन गर्न म आग्रह गर्न चाहन्छु।”






