काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले ५ घण्टा लामो बहसपछि मिश्रलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको हो । गत चैत १५ गते राजधानीको तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले गरेको प्रदर्शनमा भएको सुरक्षा ‘कमजोरी’ बारे उपत्यका प्रहरी कार्यालयले आन्तरिक छानबिन गरिरहेको छ ।
एसएसपी शेखर खनाल नेतृत्वको समितिले घटनाबारे छानबिन गरिरहेको हो । छानबिन गर्ने समितिमा एसपीद्वय प्रवीण धिताल र अपिल बोहरा सहित ७ जना सदस्यहरू छन् ।






