काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाई सहित २६ जनाको हिरासत अवधि थप गरिएको छ ।

जिल्ला अदालत काठमाडौंले आज उनीहरूलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।राज्यविरुद्धको कसुरमा अनुसन्धान जारी रहेकाले काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनामाथि अनुसन्धान गर्न थप ४ दिनको अनुमति दिएको हो ।

गत चैत १५ गते राजावादीहरुको प्रदर्शनका नाममा हिंसा भड्काएर प्रसाईं फरार रहेकोमा चैत २८ गते प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरेर चैत २९ गते बिहान झापा हुँदै बिमानबाट काठमाडौं ल्याएको थियो ।

प्रसाईंले अगुवाइ गरेको प्रदर्शन हिंसात्मक बनेपछि पत्रकार सुरेश रजक सहित २ जनाको मृत्यु भएको थियो । पछिल्लो पटक प्रसाईंविरुद्ध वैशाख ३० गते ५ दिन म्याद थप भएको थियो । प्रसाईंविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय