
काठमाडौं । नेपालको महिला क्रिकेट टोली पहिलोपटक आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा प्रवेश गरेको छ। सोमबार थाइल्याण्डमा सम्पन्न सुपर–३ चरणको खेलमा यूएईलाई ५ विकेटले हराउँद्र नेपाल विश्व छनोटमा पुगेको हो । नेपालसँगको हारसँगै युएई बाहिरिएको छ ।
आजको खेलमा सुरुवाती ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएका थियो । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । जसमा कप्तान इन्दु बर्माले २८ बलमा अविजित ३० रन बनाइन् । रुविना क्षेत्रीले २३ रन र सम्झना खड्काले २१ रन बनाए ।
यो जितसँगै नेपाल महिला टोलीले पहिलोपटक विश्व मञ्चको ग्लोबल छनोटमा पाइला टेकेको हो, जसले आगामी टी–२० विश्वकपतर्फको ढोका खोलिदिएको छ।
अब नेपालले सुपर३ को आफ्नो दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डको सामना गर्नेछ ।