काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन् ।

सामाजिक संजालमा स्टाटस राख्दै बालेनले केपी ओलीको भ्रष्टाचारी सिष्टमलाई आफूले समर्थन गर्न नसक्ने बताएका हुन् । साथै उनले आफूले भ्रष्टाचार रोक्न खोज्दा भ्रष्टाचारी जोगाउँछु भन्नेहरुकै नाइकेको कार्यक्रममा म गैदिनु पर्ने भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा , देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिष्टम ।’

दिउँसो मात्रै प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा बालेन उपस्थित भएका थिएनन् । त्यसपछि केपी ओलीले अबदेखि बालेनलाई बैठकमा नबोलाउन र मुल समारोह समितिबाट बालेनको नाम काट्न निर्देशन दिएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय