काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनैपनि काम नगरेको बताएकी छन् । सोमबार काठमाडौँमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’ को लोकार्पण एवं पुस्तक समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले ओलीसँँग विवाह गरेको करिब ३८ वर्ष पुगेको भन्दै अहिलेसम्म पनि ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटकसम्म प्रधानमन्त्री हुँदासमेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उल्लेख गरिन् ।
यदी पदको दुरुपयोग गरेर कसैलाई कुनै पदमा राखेको फेला पारेर ल्याउन चुनौती दिए । कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको र आफू कुनैपनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने बताइन् । आफूले राजनीति नगरेपनि राजनीति बुझ्ने बताइन् ।
प्रथम महिला शाक्यले आफूलाई कुनै लोभ, अवसर खोज्ने चाहना र महत्वकांक्षा नरहेको पनि स्पष्ट पारिन् ।






