
गोरखा, चैत्र २५ — सामाजिक सेवामा सक्रिय मुनलाइट सोसाइटी नेपालले गोरखा जिल्लाका पाँच विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
जिल्ला प्रशासन कार्यालय गोरखाबाट २०८१ सालको चैत्र २५ गते दर्ता भई सामाजिक कार्यमा संलग्न मुनलाइट सोसाइटी नेपालले गण्डकी गाउँपालिका फुजेलस्थित कालिका आधारभूत विद्यालय, दिर्घेश्वर आधारभूत विद्यालय तथा भिमसेनथापा गाउँपालिका अन्तर्गत सिद्धकाली मावि ताराखसे, गण्डकी आधारभूत विद्यालय र जनप्रिय प्रारम्भिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो।
विद्यालयको सिफारिसका आधारमा कुल १६५ जना विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको सो कार्यक्रममा संस्थाका कोषाध्यक्ष समीर भट्ट, सचिव भरत तिवारी, र सदस्य निरज भट्टको नेतृत्व रहेको थियो।
संस्थाका अनुसार, उक्त कार्यक्रम मुनलाइट सोसाइटी नेपालको आयोजनामा सम्पन्न भएको हो, जसअन्तर्गत जिल्लाका विभिन्न विद्यालयहरूमा अध्ययनरत गरीबीको रेखामुनि रहेका कुल १३० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ।
स्बिर:
कार्यक्रमका क्रममा संस्थाका सचिव भरत तिवारी र कोषाध्यक्ष समीर भट्ट;