काठमाडौँ, जेठ २१ —
राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङसँगको मैत्रीपूर्ण खेल र एसियन कप २०२७ छनोट अन्तर्गत लाओसविरुद्धको खेलका लागि अन्तिम टोली घोषणा गरेका छन्।

नेपाली टोलीले जेठ २३ गते (June 5) हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने जेठ २८ गते (June 10) लाओससँग एसियन कप छनोटको महत्वपूर्ण खेलमा भिड्नेछ।

टोली मंगलबार हङकङ प्रस्थान गर्नेछ र मैत्रीपूर्ण खेलपछि लाओस प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

घोषित टोली
अभिषेक लिम्बु

अनन्त तामाङ

अञ्जन विष्ट

अरिक विष्ट

आयुष घलान

बिमल पाण्डे

विशाल सुनार (गोलकिपर)

दीप कार्की (गोलकिपर)

गिलेस्पी जङ कार्की

किरण चेम्जोङ (गोलकिपर)

कृतिष रत्न छुनजु

कुशल देउवा

लेकेन लिम्बु

मणि कुमार लामा

मनिष डाँगी

रोहित चन्द

रोहन कार्की

सनीश श्रेष्ठ

सृजनराज गौतम

सुमन श्रेष्ठ

सुमित श्रेष्ठ

सुवास ठकुरी बम

योगेश गुरुङ

राष्ट्रिय टोलीको यस यात्रा आगामी एसियन कप २०२७ का लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ। हङकङसँगको खेलले टोलीको तयारीको स्तर मापन गर्न मद्दत गर्नेछ भने लाओसविरुद्धको जितले नेपाललाई छनोट चरणमा थप बलियो बनाउनेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय