
गोरखा, साउन २८ — गोरखाको विद्यार्थी राजनीतिमा ठूलो परिवर्तन भएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्बद्ध अखिल समाजवादी गोरखा जिल्ला समिति सम्पूर्ण रूपमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)मा समाहित भएको छ।
जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भीषण थापाको नेतृत्वमा उपाध्यक्ष अभिषेक विक, सह–सचिव बिप्निता दुलाल, कोषाध्यक्ष एवं केन्द्रीय प्रतिनिधि सदस्य दिनिशा ढकाल, केन्द्रीय प्रतिनिधि सदस्य अनिषा राना मगरसहित ३५ भन्दा बढी विद्यार्थी क्रान्तिकारीमा प्रवेश गरेका हुन्।
क्रान्तिकारी गाेरखा जिल्ला अध्यक्ष सुलभ अँगाईका अनुसार यो कदमले जिल्लामा माओवादी विद्यार्थी आन्दोलन थप सशक्त बन्ने अपेक्षा गरिएको छ।
नवप्रवेशीलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अमर तमुले स्वागत गरेका थिए।