
काठमाडौं, — अखिल (क्रान्तिकारी) नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो भेलाले नयाँ नेतृत्व चयन गरेको छ। चयन भएका पदाधिकारीहरूमा इन्चार्ज: भुवन रिजाल, अध्यक्ष: प्रदीप भट्ट रहेका छन्, साथै ४५ सदस्यीय समिति पनि गठन गरिएको छ।
यस अवसरमा संगठन र शुभेच्छुकहरूले नयाँ नेतृत्व र चयनित सदस्यहरूलाई हार्दिक बधाई दिएका छन्। साथै सफल कार्यकालका लागि सबैलाई शुभकामना व्यक्त गरिएको छ। संगठनको दायित्व र जनआन्दोलन सहमतिमा अगाडि बढाउन नयाँ नेतृत्वलाई समर्पित र कर्तव्यनिष्ठ भावना अनुरोध गरिएको छ।
यस निर्वाचित समितिले आगामी दिनमा संगठनको निर्देशानुसार समन्वयको भूमिका मजबुत बनाउन र सशक्त नेतृत्व प्रस्तुत गर्न कोशिस गर्ने अपेक्षा गरिएको छ।