
भारतीय विदेश सचिव विक्रम मिश्रीले काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकट भविष्यमा भारत भ्रमण गर्न निम्ता दिएर गएका थिए । २ भदौमा दिइएको उक्त निम्तोमा मिति तोकिएको थिएन । नेपाल र भारत दुवै देशका अधिकारीहरु भदौ ३१ र असोज १ मा उक्त भ्रमण हुनेमा विश्वस्त थिए प्रधानमन्त्री ओली आफैंले केही दिनअघि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्दै उक्त सम्झौताको आधिकारिकताबारे प्रश्न उठाए ।
ओलीको यो कदमबारे भारतीय प्रेस तथा विचार निर्माताहरुबीच विभिन्न कोणबाट चर्चा भयो । लिपुलेक, कालापानी लिम्पियाधुरा नाका समेट्दै नक्सा जारी गर्ने, अनि त्यस अनुसार संविधान संशोधन गर्ने ओली नै यसपल्ट प्रधानमन्त्री भएका बेला फेरि संयोगवश चिनियाँ र भारतीय समकक्षी वाङ यी तथा जयशंकरले लिपुलेक बारे सम्झौता गरिदिए ।
काठमाडौंस्थित भारतीय दुतावासका एक अधिकारीले भ्रमण मिति नै नआएकाले धकेलियो भन्नु नहुने अर्थपूर्ण टिप्पणी गरे ।