
सुदूरपश्चिमबाट प्रतिनिधित्व सुनिश्चित गर्ने मागसहित चार दिनदेखि पानी नपिएर अनशनमा रहेका मदन बुढासँग हिजो मध्यरातमा सुदन गुरुङको टिमले भेट गरेको छ।
सरकारी टोलीले अनशनरत युवाहरूसँग संवाद गर्दै २४ घण्टाभित्र माग सम्बोधन गर्ने वाचा गरेको जनाएको छ।
युवाहरूले मुख्य रूपमा सुदूरपश्चिमबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, क्षेत्रीय समानता र नीति निर्माणमा स्थान दिने लगायतका मागहरू राखेका थिए। अनशन सुरु भएयता स्थानिय र राष्ट्रिय स्तरमा जनसाधारण र राजनीतिक दलले चासो देखाउँदै आएका छन्।






