काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षामा सहभागी १ लाख २९ हजार ११४ जना विद्यार्थीमध्ये ६४ दशमलव ६९ प्रतिशत अर्थात् ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्। नतिजा अनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ जना विद्यार्थीले २ दशमलव ४० देखि २ दशमलव ८० सम्म जीपीए प्राप्त गरेका छन्। यस्तै, १६ जनाले ३ दशमलव ६० देखि ४ दशमलव शून्य जीपीए हासिल गरेका छन्।

विद्यार्थीहरूले नतिजा विभिन्न वेबसाइट, आईभीआर तथा एसएमएस सेवामार्फत हेर्न सक्नेछन् भने चित्त नबुझेमा तोकिएको अवधिभित्र अनलाइनबाट पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यसैबीच, परीक्षाको मर्यादा विपरीत कार्य गर्ने ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय