
गोरखा, कात्तिक ९।
गोरखा जिल्लाको विम्सेनथापा गाउँपालिका–८ धारापानी निवासी २० वर्षीय विशाल रन्तेल दुबै मृगौला फेल भएर जीवन-मरणको संघर्षमा रहेका छन्। करिब एक महिनादेखि वीर अस्पतालमा उपचाररत रन्तेलको स्वास्थ्य अवस्था गम्भीर रहेको उनका परिवारले जनाएको छ।
डाक्टरको सल्लाहअनुसार अब शीघ्र मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ। लगातारको उपचारका कारण परिवार आर्थिक रूपमा कमजोर बनिसकेको र प्रत्यारोपणका लागि ठूलो खर्च आवश्यक भएको परिवारले बताएको छ।
बुबा टेकबहादुर रन्तेल र आमा कमला रन्तेलले सबै दाताहरू, संस्थाहरू तथा सहयोगी मनका महानुभावहरूलाई विशालको उपचारका लागि सहयोग गर्न हार्दिक अनुरोध गरेका छन्।
आर्थिक सहयोग गर्न इच्छुकहरूले प्रभु बैंकमा विशाल रन्तेलको नाममा रहेको खाता नं 086001947179600013 मा रकम जम्मा गर्न वा सोही खाताको QR कोड प्रयोग गर्न सक्नेछन्।
थप जानकारीका लागि बिरामीकी आमा कमला रन्तेल (फोन: 9816966607) लाई सम्पर्क गर्न सकिने परिवारले जनाएको छ।






