मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न सुकुम्बासीहरूलाई सहयोग गर्ने घोषणा गरेका छन्।

आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर सम्बोधन गर्दै उनले मेयर शाहविरुद्धको संघर्षमा सघाउने बताएका हुन्। महानगरले बस्ती खाली गर्न दिएको एक हप्ताको अल्टिमेटम सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा खुलेका हुन्।
साथै, उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सबैलाई सहभागी हुन आह्वान गरे।

प्रसाईंले सुकुम्बासीहरूलाई धम्की दिने वा घर तोडफोडमा संलग्न हुने व्यक्तिहरूका घरपरिवारलाई पनि त्यस्तै व्यवहार गरिने चेतावनी दिए।
उनले सम्पूर्ण राजनीतिक दल र मेयर बालेन शाहलाई “ठेगान लगाउने” चेतावनीसमेत दिए। यस क्रममा उनले बालेन शाहसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड रुपैयाँ लिएको आरोपसमेत लगाए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय