आजदेखि राजधानीमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स काठमाडौं गोर्खाजसँग पराजित भएको छ।

काठमाडौंले जनकपुरलाई ५ विकेटले पराजित गरेको हो। जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्‍यो।
बलिङमा जनकपुरका किशोर महतो, अनिलकुमार साह, ललित राजवंशी, यान निकोल लोफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक एक विकेट लिए।

बलिङतर्फ काठमाडौंका मिलिन्द कुमारले ३ र करण केसी, साहब आलम र सन्तोष यादवले एक एक विकेट लिए।

प्रतियोगितामा सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय