जे–जी युवा र राजनीतिक दलका कार्यकर्ताबीच झडपपछि बाराको सिमरामा कर्फ्यु जारी गरिएको छ ।
आज विमानस्थल क्षेत्रमा जेन–जी र राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सिमरा विमानस्थल क्षेत्रको आसपास ५०० मिटर वरिपरि तोकेर कर्फ्यु जारी गरिएको हो ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेललगायत नेताहरू आउने थाहा पाएपछि उनीहरूलाई रोक्न विमानस्थलमा जेन–जी र विभिन्न दलका कार्यकर्ताले प्रदर्शन गरेपछि स्थिति बिग्रिएको जनाइएको छ ।






