messenger sharing buttonwhatsapp sharing buttonsharethis sharing button
काठमाडौँ । पत्रकार दीपेन्द्र खनियाँ काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित थापागाउँमा मृत फेला परेका छन्। उनी बस्दै आएको घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।
खनियाँ रेडियो अडियोका सञ्चालक हुन्। परिवारका अनुसार उनले सो घर फागुनमै बिक्री गरेका थिए। मृत फेला परेका खनियाँका एक श्रीमती र एक छोरी छन्।






