काठमाडौं :साविक विजेता अर्जेन्टिना जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
गएराति भएको रोमाञ्चक खेलमा इजिप्टविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले पराजयको मुखबाट जित खोसेको हो।
खेल सकिन १० मिनेट मात्र बाँकी छँदा अर्जेन्टिना दुई–शून्यले पछि परेको थियो। तर, अन्तिम समयमा च्याम्पियन टोलीले उत्कृष्ट पुनरागमन गर्यो। जुलियानो सिमिओनीले पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। त्यसलगत्तै कप्तान लियोनेल मेस्सीले गोल गरेपछि खेल दुई–दुईको बराबरीमा पुग्यो।
खेलको इन्जुरी समयमा एन्जो फर्नान्डेजले उत्कृष्ट हेडिङमार्फत गोल गर्दै अर्जेन्टिनाको संझनालायक जित पक्का गरे।
खेलमा बलियो चुनौती दिएको इजिप्टलाई स्तब्ध पार्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो। यो जित विश्वकप इतिहासमै एउटा बिर्सन नसकिने खेलका रूपमा रहने खेल विश्लेषकहरूले बताएका छन्।






