काठमाडौँ – देशभरका औषधि पसलहरू आज बिहान ११ देखि १२ बजेसम्म बन्द रहे। औषधि व्यवसायीहरू औषधि व्यवस्था विभागले गरेको ‘कडा र अव्यवहारिक’ निर्णयविरुद्ध विरोधमा उत्रिएका हुन्।

अत्यावश्यक औषधि अभाव भइरहेका बेला औषधि विभागको भूमिकाप्रति गम्भीर प्रश्न उठ्न थालेका छन्। जीवनरक्षक औषधि सर्वसाधारणका लागि दैनिक आवश्यकता हो, तर अभावकै समयमा नियन्त्रणको नाममा औषधि सेवा बन्द गरिनु उपभोक्तामाथिको प्रत्यक्ष अन्यायजस्तै देखिन्छ। जब नागरिकले पाउनै पर्ने औषधि नपाएर जोखिममा परिरहेका छन्, त्यही बेला औषधि विभाग कहाँ व्यस्त छ र किन आफ्नो मूल जिम्मेवारी पूरा गर्न असफल देखिन्छ भन्ने सवालले थप तातो बहस सिर्जना गरेको छ।

सरकारद्वारा औषधि व्यवस्थापनमा अपनाइएका नवीनतम अभ्यास, औषधि अभाव र अनुगमनमा देखा परेको कमजोरीका कारण स्वास्थ्यसेवा प्रभावित भएकाले तत्काल समाधानका कदम चाल्नुपर्ने माग गरेका छन्। विशेषगरी, विभिन्न जिल्लामा आवश्यक औषधि पर्याप्त मात्रामा नपुगेको, आयात–वितरण प्रक्रियामा ढिलाइ भएको तथा अत्यावश्यक औषधिहरूको मूल्य नियन्त्रणमा कडाइ नभएको औषधि व्यवसायीहरूआरोप छ। यसले सर्वसाधारणलाई उपचारमा बढी खर्चिन बाध्य बनाएको भन्दै औषधि व्यवसायीहरू जनस्वास्थ्यका विषयमा सरकार बिभाग जिम्मेवार बन्न आवश्यक रहेको बताएको छ।

चिकित्सक, फार्मासिस्ट तथा स्वास्थ्य संस्थाबीचको समन्वय अझ सबल बनाउनुपर्ने, अनियमित आयात तथा गैरकानुनी बिक्री वितरणमा कडाइ गर्नुपर्ने र देशभर समान रूपमा औषधि उपलब्ध गराउन दक्ष आपूर्ति प्रणाली विकास गर्नुपर्ने औषधि व्यवसायीहरूको माग छ। संघले औषधि व्यवसायलाई वैज्ञानिक, सुरक्षित र उत्तरदायी बनाउन सरकार–व्यवसायी–पेशेवरबीच सहकार्य बढाउन आग्रह गर्दै नेपालका नागरिकलाई आवश्यक औषधि सहज र किफायती रूपमा उपलब्ध गराउने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएको छ।

विभिन्न औषधि संघ–संगठनहरूबाट जारी संयुक्त घोषणामा आज राति ८:३० बजे औषधि व्यवस्था विभागमा भेला भई आफ्नो हक–अधिकारका लागि दबाब दिने कार्यक्रम रहेको उल्लेख छ।

व्यवसायीहरूले सरकारलाई व्यवसायमै असर पर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय