गोरखामा प्रतिष्ठित फुटबल प्रतियोगिता “दशौँ गोरखाली रनिङ्ग कप–२०८२” आयोजना हुने भएको छ। “गोरखाली कप गोरखालीको शान, समग्र गोरखा चिनाउने हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिता २०८२ साल फागुन ३ गतेदेखि ९ गतेसम्म हरमटारी खेलकुद मैदान, हरमटारी, गोरखा मा सञ्चालन हुनेछ।

प्रतियोगितामा प्रथम हुने टिमले रु. ४ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले रु. २ लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट गोलरक्षकलाई रु. १५ हजार र उद्यमान खेलाडीलाई रु. १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको आयोजना हरमटारी क्लब, हरमटारी गोरखा ले गरेको हो। आयोजकका अनुसार यस प्रतियोगिताले स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्नुका साथै गोरखाको पहिचान, खेलकुद पर्यटन र युवाको खेलप्रतिको आकर्षण बढाउने विश्वास लिइएको छ।

प्रतियोगितामा देशभरका विभिन्न क्लब तथा टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय