नेपाली बजारमा आज सुनको मूल्य तोलामै पाँच हजार रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँ पुगेको हो।
आइतबार दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा १२० रुपैयाँ बढेको छ।






