काठमाडौँः सल्यानमा जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेको हो । बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप चालक र जिप धनी बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी खटिएका छन् ।
दुर्घटनामा स्थानीय २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन् । दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।






