काठमाडौँ :जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागिताका लागि प्रधानमन्त्री वालेन्द्र शाहलाई निमन्त्रणा प्राप्त भएको छ।टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पठाउनुभएको उक्त निमन्त्रणापत्र परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको छ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले निमन्त्रणा प्राप्त भएको पुष्टि गर्नुभएको हो। यद्यपि, सम्मेलनमा नेपालको तर्फबाट कुन तहको सहभागिता रहने भन्नेबारे निर्णय हुन बाँकी रहेको उहाँले बताउनुभयो।  आगामी सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुने ‘कोप–३१’ मा नेपालले जलवायु न्याय, हानि-नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने तयारी गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय