काठमाडौँः थाइल्यान्डबाट १८ किलो गाँजा ल्याउने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । क्याथे प्यासिफिकको उडानबाट बैंकक हुँदै हङकङमार्फत काठमाडौं आएका उनीहरूले विमानस्थलको भन्सार क्षेत्रमा लगेज छाडेर केही दिनपछि नेपाली एजेन्टमार्फत लिन लगाउने योजना बनाएको ब्युरोले जनाएको छ ।






