काठमाडौँ :संघीय संसद्को पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले खानेपानी मन्त्रालय र सम्बद्ध निकायहरूलाई आगामी १५ दिनभित्र स्पष्ट कार्ययोजनासहितको विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो।

बैठकलाई सम्बोधन गर्दै सभापति गजुरेलले देशका ७७ वटै जिल्लाका नागरिकका लागि पर्याप्त र शुद्ध खानेपानीको व्यवस्था कहिलेसम्म हुन्छ भन्ने विषयमा ठोस जवाफ माग गर्नुभयो। काठमाडौं उपत्यकालगायत मुलुकभर खानेपानीको समस्या विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको उल्लेख गर्नुभयो।

समितिले प्राप्त कार्ययोजनाका आधारमा नियमन र अनुगमन प्रक्रिया अगाडि बढाउने र चाँडै स्थलगत अनुगमनमा समेत जाने जनाएको छ। यसका साथै बुधबारकै बैठकमा सडक सुरक्षा विधेयक र विपद्का समयमा यातायात प्रणाली सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय