काठमाडौं :अमेरिकाको मियामी स्टेडियममा भएको अत्यन्तै रोमाञ्चक खेलमा फ्रान्सलाई ६–४ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले तेस्रो स्थान हासिल गरेको छ। इंग्ल्यान्डलाई कास्य पदक दिलाउने क्रममा बुकायो साकाले ऐतिहासिक ह्याट्रिक पूरा गरे।

यसै खेलमार्फत जुड बेलिंघमले इंग्ल्यान्डका लागि विश्वकप इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन्। प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्यान्डका लागि डिएलन राइस र एज्ली कोन्साले पनि एक/एक गोल गरे।

खेलको पहिलो हाफमा ४–० ले पछि परेको फ्रान्सले दोस्रो हाफमा कप्तान किलियन एमबाप्पे र उस्मान डेम्बेलेको गोलमार्फत उत्कृष्ट पुनरागमनको प्रयास गरे पनि टोलीलाई जिताउन सकेनन्। सेमिफाइनलको पराजयपछि इंग्ल्यान्डका लागि यो जित सुखद अन्त्य बनेको छ।

यसैबीच, विश्वकप २०२६ को उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय